काठमाडौं- आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्स शीर्ष स्थानमा उक्लिएको छ। चेन्नईले गए राति भएको खेलमा कोलकाता नाइराइडर्समाथि ७ विकेटको सहज जित निकालेको हो।
पहिले ब्याटिङ गरेको कालकाताले खराब ब्याटिङ गर्यो। कोलकाता ९ विकेटको क्षतिमा १ सय ८ रन जोड्यो। उसका लागि आन्द्रे रसेलले नटआउट ५० रन जोड्यो। बलिङमा दीपक चाहारले ३ विकेट लिए। हजवजन सिंह र इमरान ताहिरले २-२ विकेट लिए।
चेन्नईले १७.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पार गर्यो। उसका लागि सेन वाड्सनले १७ रन जोडे। फाप डु प्लेसिसले नटआउट ४३ रन, सुरेश रैनाले १४ र आम्बाती रायदुले २१ रन जोडे।
अंक तालिकामा ६ खेलबाट १० अंक जोडेको चेन्नई शीर्ष स्थानमा छ। दोस्रो स्थानको कोलकाताको ८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।