धनकुटा– धनकुटामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेपाली कांग्रेसले बिहीबार सबै स्थानीय तह तथा वडाहरुमा चुनावी अभियान सञ्चालन गर्न जिम्मेवारी बाँडफाँट गरेको छ।
कांग्रेसका जिल्ला सभापति अग्निप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन जिल्ला पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेबारी तोकिएको हो।
धनुकटामा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का सुनिलबहादर थापा उम्मेदवार छन्। यस्तै, प्रदेशसभा (क)का मनोहरनारायण श्रेष्ठ र प्रदेशसभा (ख) का अर्जुन थापा र समानुपातिकमा कांग्रेसका लिला सुब्बा र कमोटकुमार फागु उम्मेदवार छन्।
निर्वाचन परिचालनका लागि धनकुटा नगरपालिकामा दिनेश राईको संयोजकत्वमा अम्बिका परियार र रोशन श्रेष्ठ सदस्य भएको समिति गठन भएको छ।
यसैगरी, आहाले र महाभारतमा नेपालधन राई, भेडेटारमा सीता प्रधान, बुढीमोरङ र खुवाफोकमा हर्कराज राई, फाक्सिव र डाँडाँबजारमा हर्क चेम्जोङलाई संयोजकको जिम्मेवारी दिइएको छ।
छिन्ताङगका लागी भूपेन्द्र भण्डारी, राजारानी र मौनाबुधुकका लागि दुर्गा सुवेदी, बोधे र वसन्तटारका लागि ललित चेम्जोङ, कुरुलेतेनुपाका लागि दुर्गा सुवेदी, मुढेवासका लागि मोहन वान्तवा, ६ नं. बुधबारेका लागि देवेन्द्र श्रेष्ठ र आँखीसल्लाका लागि रविन्द्र नेपालीलाई चुनाव प्रचराप्रसारको संयोजन गर्ने भूमिका दिइएको छ।
यसैगरी, मारे कटहरेमा अञ्जना ताम्ली, चानुवा डाँडाँगाउँमा लेखनाथ पौडेल, जितपुरमा खेमराज पौडेल, परेवादिनमा घनेन्द्रराज श्रेष्ठलाई संयोजक तोकिएको छ।
कांग्रेसले तेलिया तांखुवामा निर्मल ओझा, हात्तीखर्कमा विष्णु पौडेल, खोकुमा मोहन वान्तवा, पाख्रिवास नगरपालिकामा ज्ञानु गुरुग, चुङवाङमा सुमना तिम्सिना र लेगुवामा रेखा पुरीलाई चुनाव प्रचारको संयोजक तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।