जनकपुर–सत्तारुढ दल संघीय समाजवादी फोरमले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने गृहमन्त्रालयको परिपत्रविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशको विरोध गरेको छ।
फोरम नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरम धनुषाले मंगलबार बेलुका जनकपुरको भानु चोकमा सर्वोच्च अदालतको आदेशको प्रतिलिपि जलाएको हो।
समाजवादी विद्यार्थी फोरम धनुषाको उपाध्यक्ष विकास यादवको अगुवाईमा अदालतको निर्णय मधेस विरोधी भएको भन्दै विरोध जनाएको हो।
सर्वोच्च अदालतले नै नागरिकतामा रोक लगाएपछि प्रदर्शनका क्रममा युवाहरुले सर्वोच्च अदालतको निर्णय तत्काल सच्याउन माग गरेका थिए।
फोरम कार्यकर्ताले सर्वोच्च अदालतको निर्णय नसच्याए आन्दोलन चर्काउने धम्की समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।