काठमाडौं – एसिसी यू–१९ एसिया कपको सेमिफाइनल पुग्ने लक्ष्य बनाएको नेपाली युवा टिम अहिले मलेसियामा छ। बुधबार मलेसिया पुगेको नेपालले बिहीबारदेखि अभ्यास थालेको छ।
एसिया कपको समूह 'ए' मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन्। समूह 'बी' मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र युएईले प्रतिस्पर्धा गर्नेछन्।
नेपालले पहिलो खेल कात्तिक २५ शनिबार बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल कात्तिक २६ मा भारतसँग खेल्नेछ। यस्तै, नेपालको तेस्रो खेल कात्तिक २८ मा मलेसियासँग हुनेछ।
यो पनि :- एसिया कपको सेमिफाइनल पुग्ने राम्रो अवसर: प्रशिक्षक विनोद दास
मलेसिया प्रस्थान गर्नुअघि नेपाली टिम अभ्यासका लागि बंगलादेश गएको थियो। एक साता बंगलादेशमा रहँदा नेपालले बंगलादेशको युवा टिमसँग ३ अभ्यास खेल खेलेको थियो। सुरुवाती २ खेलमा पराजय बेहोरेको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले हराएको थियो।
नेपाली टिम
दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, साहब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह।
वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी।
मुख्य प्रशिक्षक – विनोदकुमार दास
सहायक प्रशिक्षक – कलाम अली
ब्याटिङ प्रशिक्षक – मोन्टी देसाई
म्यानेजर – रमन सिवाकोटी
नेपाली टिमको अभ्यास तस्बिरमा हेरौं:













तस्बिर : रमन सिवाकोटी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।