लहान– सिरहाको लहानमा मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका– १३ मा पश्चिम जाँदै गरेको ना ३ ख ७७७४ नम्बरको मालबाहक ट्रकले पूर्व जाँदै गरेको स ९ प ७३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार लहान नगरपालिका–४ का २६ वर्षीय कृष्णा सहनी, शिव कुमार सहनी र २५ वर्षीय मनोज मण्डल छन्।
मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।