काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) एनसेल लाभकर सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक, तीन महिनाभित्र लाभकर उठाउन आदेश, नउठेसम्म लाभांश र शेयर बिक्रीमा रोक
२) ठूला करदाता कार्यालयको प्रारम्भिक रिपोर्ट– डिस होमले सरकारलाई बुझाउनुपर्ने आयकर रकममा गडबडी, ३ वर्षमा १९ करोडभन्दा बढी आयकर छल्यो
३) १० महिनायता बन्द मलेसिया रोजगारी खुल्यो, कलिङ भिसा लागेका सबै श्रमिक रोजगारीमा जान पाउने, १९ जनाले लिए अन्तिम श्रम स्विकृति
४) ओलम्पिक छनोटमा नेपालको सान्त्वना जित, इन्डोनेसिया २–१ ले पराजित, म्यानमार तेस्रो चरणमा
५) र, ट्रम्पद्वारा एकपछि अर्को कर्मचारीमाथि दबाब, गृह सुरक्षा सचिवको राजिनामा लगत्तै गुप्तचर सेवाका निर्देशक एलेसको पदच्युत
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।