कञ्चनपुर– कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवामा वन कर्मचारीले भरुवा बन्दुक बरामद गरेका छन्।
दानुफाटा नमुना सामुदायिक वन उपभोक्ता समूहका वन हेरालुको टोलीले मंगलबार मध्यान्ह १२ सिकार खेल्नका लागि तयारी अवस्थामा रहेका सिकारीहरूको समूहबाट एक नाले भरुवा बन्दुक बरामत गरेका हुन्।
१० जनाको समूहमा रहेका सिकारीहरूलाई वन हेरालुहरूले समात्न खोज्दा उनीहरू भाग्न सफल भने सफल भएको वन हेरालु तथा चोरी सिकारी नियन्त्रण दलका संयोजक ईच्छ बहादुर बिष्टले बताए।
बरामद गरिएको बन्दुक वनका पदाधिकारी,जनप्रतिनिधि र पत्रकारहरूको रोहोवरमा सब–डिभिजन वन कार्यालय पहलमानपुरलाई बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।