• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

गर्मीको रापमा आठौँ राष्ट्रिय खेलकुद, खेलाडीलाई सेकुवा खुवाउने व्यापारीको योजना 

64x64
नेपाल लाइभ मंगलबार, चैत २६, २०७५  १४:०९
1140x725

निर्माणाधीन नेपालगञ्ज रंगशाला । तस्बिर : मिराज हुसेन सिद्धिकी ।


बाँके– पश्चिम तराईमा गर्मी सुरु भइसकेको छ। यहीबेला राष्ट्रिय खेलकूद परिषद्ले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगिता नजिकिँदै गर्दा यहाँको गर्मीले पनि आफ्नो ताप क्रमशः बढाइरहेको छ।

प्रतियोगिता सुरु हुन एकसाता बाँकी छ। गर्मी शुरु भइसकेपछि प्रतियोगिता आयोजना गरिएको छ। तराईमा दिनप्रतिदिन गर्मी बढिरहेको छ। राखेपले त्यही गर्मीमा प्रतियोगिता किन आयोजना गर्दैछ भन्ने चर्चा सुरु भएको छ।

विशेषगरी बाँके, बर्दिया र दाङमा गर्मी अलि ज्यादा नै हुन्छ। “गर्मीले गर्दा खेलाडी प्रतियोगितामा सहभागी हुन चासो देखाउँदैनन्। गर्मीले अभ्यास गर्न कठिनाइ हुने त भइहाल्यो, त्यो भन्दा पनि खेलस्थलमा हुने अत्यधिक गर्मीको बेला राष्ट्रिय प्रतियोगिता गरिएको छ। यसले खेलाडीलाई निकै चुनौती छ”,  एथलेटिक्स खेलाडी विश्वरुपा बुढाले बताइन्।

प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि ठूलो अवसर रहेकाले गर्मीसँग जुधेरै भए पनि खेलमा सफलता हासिल गर्नुपर्ने बुढाको भनाइ छ। उनले भने, “गर्मी नै भए पनि आठौँमा प्रतिभा देखाउन पाइने भयो, साह्रै खुशी लागेको छ ।” वैशाख ५ गते उद्घाटन हुने भए पनि चैत २७ गतेदेखि नै प्रतियोगिताका खेल सुरु हुनेछन्।

“खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि खेल्न सक्नुपर्छ”, एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले भने, “गर्मीमा केही चुनौती आउन सक्छन्, तर गर्मीले असर नै गर्छ भन्ने होइन । आयोजकले पनि त्यसको व्यवस्थापन गरिरहेको हुन्छ ।” प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्ने भएकाले मौसमानुसार खेल प्रभावित नहुने उनले बताए।

नेपाली खेलकूदको कुम्भमेला मानिने राष्ट्रिय खेलकूदलाई सफल बनाउन आफूहरु केन्द्रित रहेको खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले बताए। “खेलकूदका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ”, प्रदेश नं ५ का अध्यक्ष वलीले भने, “हामीले यहाँ भएको स्रोतसाधनलाई अत्यधिक परिचालन गरेर आठौँलाई भव्य र सभ्य बनाउने अभियानमा छौँ ।”

 प्रतियोगितामा दुई हजार ८२५ पुरुष र दुई हजार ३८६ महिला गरी पाँच हजार २११ खेलाडीबीच रोमाञ्चक प्रतिष्पर्धा हुनेछ। सो खेलकूद भव्य रुपमा सफल बनाउन ६४० प्रशिक्षक र ४६१ टिम व्यवस्थापकलाई भ्याइनभ्याई छ।

nimb
nimb
Ncell 2
Ncell 2

खेलकूदका लागि ९२२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक छनोट भइसकेका छन्। राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिष्पर्धा गर्नेछन्।

व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामूहिकतर्फको विजेताले सात हजार पाउनेछन् भने राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउनेछन्। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिष्पर्धा गर्नेछन्। प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते उद्घाटन र वैशाख ११ गते समापन हुनेछ।

प्रतियोगिताअन्तर्गत कूल ३५ खेलमध्ये बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइक्लिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन्। त्यस्तै दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन्।

यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्टटेनिस, लङटेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ। बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ। प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो।

खेलाडीलाई सेकुवा 
नेपालगञ्जको पहिचान र विशेषता आफ्नै खालको छ। पश्चिम नेपालको सबैभन्दा ठूलो र २०० वर्ष पुरानो शहर हो नेपालगञ्ज। सामाजिक र धार्मिक सद्भावको सफल उदाहरण पनि हो नेपालगञ्ज। नेपालगञ्ज बागेश्वरी मन्दिर, नेपालकै एक मात्र जुङ्गे महादेवको मूर्ति, गुरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको शहर हो।

नेपालगञ्ज नेपालमै नहुने मौसम बोकेको शहर पनि हो। गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडोको शहरका रुपमा चिनिन्छ नेपालगञ्ज। यतिले मात्र नेपालगञ्जको पहिचान र विशेषता पूरा हुँदैन। नेपालगञ्जको अर्को विशेषता परिकारको पनि हो। नेपालगञ्जलाई स्मरणीय बनाउने यहाँ आधा दर्जन परिकार छन्।

नेपालगञ्जको रावडी, लस्सी, मुवारकको वीरयानी, घरबारी टोलको समोसा, चौलिकाको हलुवा परोठा, पान, पानीपुरी, मट्का दहीका साथै नेपालगञ्जको अर्को परिचित परिकार हो ‘सेकुवा’। त्यसैले त नेपालगञ्ज आउनेहरु सेकुवाको स्वाद नलिने विरलै हुन्छन्। यसले नेपालगञ्जको पहिचान झल्काउँछ।  

नेपालगञ्जको अतिव्यस्त धम्बोझीचोक किनारामा हाम्रो मःम रेष्टुरेन्ट छ। हाम्रो मःम सेकुवा घरमा २६ वर्षदेखिका कर्मचारी अझै सेकुवा पोल्छन्। विपीचोकको गण्डकी रेष्टुरेन्टले करीब २५ वर्षदेखि सेकुवा बिक्री गर्दै आएको छ।नेपालगञ्जका यी सेकुवा घरमा सर्वसाधाण मात्र नभई उच्चतहका व्यक्ति पनि पुग्ने गरेको सञ्चालक सरस्वती मल्ल बताउछन्। 

उनी भन्छन्, “देशभरका खेलाडीको जमघट हुँदैछ भनेर सेकुवाका लागि चाहिने आवश्यक सामान पहिले नै जोहो गरेका छौँ। आठौँका पाहुना हाम्रा पनि पाहुना हुन्। हामीले पनि सेकुवासँगै न्यानो स्वागत सत्कार दिने तयारीमा छौँ ।” सेकुवा नेपालगञ्जको खास विशेषता बनिसकेको छ।
 
नेपालगञ्जका धम्वोझी र विपीचोक सेकुवाका लागि प्रसिद्ध स्थान हुन्। यहाँ करीब दुई दर्जनको हाराहारीमा सेकुवा घर छन्। सेकुवा व्यवसायी डिलाराम पौडेल आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आउने पाहुनालाई नेपालगञ्जीया सेकुवाको स्वाद चखाउन आतुर भएको बताउँछन्। नेपालगञ्जमा प्रतिसिल रु १५० मा खसीको सेकुवा पाइन्छ।

सिङ्गारिँदै नेपालगञ्ज
आठौँ राष्ट्रिय खेलकूदलाई लक्षित गरेर नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई सिङ्गारिँदैछ। नेपालगञ्ज उपमहानगरपालिकाले आठौँ राष्ट्रिय खेलकूदलाई गौरवको महोत्सवको रुपमा लिएर शहरलाई झकिझकाउ बनाउन शुरु गरेको छ। स्रोत तथा साधन परिचालन व्यवस्थापन उपसमितिले पनि बजारलाई सिङ्गार्न शुरु गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्शेर राणाले नेपालगञ्जलाई केन्द्र बनाएर हुने आठौँमा बाहिरबाट आउने पाहुनालाई यहाँको पहिचान झल्काउने, स्वागत र सत्कार गरिने बताए। यहाँ क्रियाशील अन्य सङ्घसंस्थाले पनि नगरका विभिन्न भागमा स्वागतद्वार राख्ने तयारी गरिरहेका छन्। विभिन्न सङ्घसंस्थासँग पनि समन्वय भइरहेको प्रदेश खेलकूद विकास समितिका अध्यक्ष वलीले बताए।

उनले नेपालगञ्जमा २० देखि ३० स्वागतद्वार राख्ने तयारी भएको जानकारी दिए। यसमा नेपालगञ्ज उपमहानरपालिकाले पाँच स्वागतद्वार आफैँ बनाउनेछ। स्थानीय तहले खजुरा र कोहलपुरमा पनि स्वागतद्वार राख्ने तयारी गरिसकेका छन्। आ–आफ्ना स्वागतद्वार आफैँ बनाउनेछ। स्थानीय तहले खजुरा र कोहलपुरमा पनि स्वागतद्वार राख्ने तयारी गरिसकेका छन्। 

– काशीराम शर्मा/रासस

प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  १४:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्