सोलुखुम्बु– लोअर सोलु हाइड्रो कम्पनीको सुरुङ मार्गमा खसेको ढुङ्गाले लागेर एक जना भारतीय कामदारको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्।
सोलुखुम्बुको सोलु–दुधकुण्ड नगरपालिका-११, तिङ्लामा निर्माणाधीन अवस्थामा रहेको सुरुङ मार्गमा मंगलबार बिहान करिब साढे ४ बजे ढुङ्गा खसेर उनीहरुलाई लागेको थियो।
ढुङ्गाले लागेर भारतको आसाम बरपिताका २० वर्षीय रविउल अली, नलवाडीका २१ वर्षीय हनमनी कोलिता र लोखिमपुरका २६ वर्षीय विशाल गोवाला गम्भीर घाइते भएका थिए। घाइते कामदारलाई तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल फाप्लु लैजाँदै गर्दा रविउल अलीको भने बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लुमा नै राखिएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।