लन्डन- इंग्लिस प्रिमियर लिगमा चेल्सीले जित हात पारेको छ। चेल्सीले गए राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई २-० गोलले पराजित गरेको हो।
चेल्सीका लागि दुवै गोल इडिन हजार्डले गरे। उनले खेलको २४ र ९० मिनेटमा गरी २ गोल गरे।
जितसँगै चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चेल्सीको ३३ खेलबाट ६६ अंक भएको छ। शीर्ष स्थानको लिभरपुलको ३३ खेलबाट ८२ अंक छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले १ खेल कम खेलेयर ८० अंक जोडेको छ। टोटनह्याम पनि एक कम खेलेर ६४ अंक सहित चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।