काठमाडौं- आइपिएल क्रिकेटमा किंग्स ११ पञ्जावले सनराइजर्स हैदरावादमाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ।
गए राति भएको खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले ४ विकेटको क्षतिमा १ सय ५० रन जोड्यो। १ सय ५१ रनको लक्ष्य पञ्जावले १ बल बाँकी छदा ४ विकेटकै नोक्सानीमा पार गर्यो। अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको स्थितिमा लोकेश राहुलले चौथो बलमा चौका प्रहार गरेका थिए। त्यसअघि साम कुरानले पहिलो २ बलमा ४ रन जोडे।
राहुलले नटआउट ७१ रन जोडे। उनले ५३ बलमा ७ चौका र १ छक्का हिर्काए। मयंक अग्रवालको ५५ रन महत्वपूर्ण सावित भयो।
त्यसअघि हैदरावादका लागि डेभिड वार्नरले ७० रन र विजय शंकरले २६ रन बटुलेका थिए।
अघिल्लो खेलमा मुम्बईसँग पराजित भएको हैदरावादको यो लगातार दोस्रो हार हो।
लिगको अंक तालिकामा ६ खेलबाट ८ अंक जोडेको पञ्जाव तेस्रो स्थामा उक्लिएको छ। हैदरावाद ६ खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।