काठमाडौं- रेमिट एप डिजिटल वालेटले नेपालमा पनि सेवा सुरु गरेको छ।
रेमिट्याप नामक एक भारतीय कम्पनीले माछापुच्छ्रे बैंकसँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो। एपबाट इ–रेमिट्यान्स र ई–भुक्तानीको सेवा लिन सकिने बताइएको छ।
रेमिट्यान्सको माध्यमबाट पठाइएको पैसा तुरुन्तै आफ्नो वालेट तथा बैंक खातामा नेपालका १० हजारभन्दा बढी स्थानबाट पाउने व्यवस्था सो वालेट सेवामा समावेश गरिएको कम्पनीका प्रबन्ध निर्देशक प्रमिल स्थापितले जानकारी दिए।
यसबाट धारा, विजुली, टेलिफोनको भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।
रेमिटयाप प्रविधिबाट विदेशबाट पठाइएको पैसालाई आफू अनुकूलको बैंकमा हस्तान्तरण गर्न सकिने व्यवस्था पनि गरिएको प्रबन्ध निर्देशक स्थापितले बताए।
यो प्रविधिबाट पैसा पठाउँदा समय र खर्च दुवैको बचत हुने भएकाले नेपालको लागि यो निकै उपयोगी हुने विश्वास पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।