अर्घाखाँची- अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका-८ नुवाकोट लात्तेमाज जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षिय धनबहादुर राना, सन्धिखर्क नगरपालिका-१२ डिर्भनाका ४ वर्षीय प्रिन्स श्रेष्ठ र सोही स्थानका ३० वर्षीया विष्णुमाया श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ।
विष्णुमाया श्रेष्ठ र प्रिन्स श्रेष्ठ आमाछोरा हुन्।
लु १ ज १२२९ नम्बरको जिप सोमबार दिउँसो दुर्घटना भएको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।