धरान- सुनसरीको धरान उप-महानगरपालिका-१३ जिरोप्वाईन्टमा आज दिउँसो भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। बसमा सवार अन्य ४७ जना घाइते भएका छन्।
दिउँसो करिब १ बजे धनकुटाबाट धरान आउँदै गरेको ना ६ ख २७१३ नम्बरको भोजपुरे एक्सप्रेस बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर सडकमा पल्टिएको थियो।
दुर्घटनामा बसका चालक धरान-८ का ४३ वर्षीय चक्रबहादुर गुरुङ, मोरङको केराबारी गाउँपालिका-९ की २० वर्षीया यमकुमारी मगर, उनकी ७ महिनाको छोरी डेनी मगर र धनकुटाको चौबिसे गाउँपालिका-१ का ५६ वर्षीय दलबहादुर मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा बसमा सवार ४७ जना घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
घाईतेहरु मध्ये ४३ जनाको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा र ४ जनाको विजयपुर अस्पताल धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।