राजविराज– सप्तरीमा ४० हजार घुससहित एक कर्मचारी 'रंगेहात' पक्राउ परेका छन्।
भुमिसुधार कार्यालयका नासु वासुदेव मण्डललाई अख्यिारको टोलीले पक्राउ गरेको हो।
चौधरी थरका सेवाग्राहीसँग उनले लिएको ४० हजार नगद बरामद भएको टोलीका सदस्यले जानकारी दिए।
'मुद्दा मिलाइदिन्छु' भन्दै मण्डलले सेवाग्राहीसँग रकम लिएको मालपोत कार्यालयका प्रमुख सिकिन्द्रप्रसाद साहले पनि पुष्टि गरे।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्पर्क कार्यालय लगिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।