फाइल तस्बिर
धनकुटा– डुंगा पल्टिएर धनकुटामा एक जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो ४ बजे धनकुटाको सहिदभूमि गाउँपालिका १, बिरिनटारस्थित तमोर नदीमा र्याफ्टिङ गर्ने क्रममा डुंगा पल्टिँदा उदयपुरको त्रियुगा नगरपालिका ६ का ५४ वर्षीय रामबहादुर गुरूङको मृत्यु हो।
गुरुङलाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
डुंगा गुरुङ लगायत १० जना सवार रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।