खोटाङ– खोटाङमा बिरामी बोकेको सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
चिउरीबासबाट लामीडाँडा जाँदै गरेको ना १ ज ७४४७ नम्बरको सुमो अनियन्त्रित भई रावाबेँसी गाउँपालिका–३ चिउरीबासमा दुर्घटना भएको थियो। सडकबाट करिब एक सय मिटर तल खसेको सुमोमा सवार सोही स्थानका बिरामी ५० वर्षीय नीरकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा निरकुमारसहित ४५ वर्षिय प्रकाश राई र चालक ४५ वर्षीय गोपाल राई घाइते भएका थिए। तीनै जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लामीडाँडा लाँदै गर्दा नीरकुमारको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।