लन्डन– इंग्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ। आर्सनललाई गए राति भएको खेलमा एभर्टनले १–० गोलले पराजित गरेको हो।
एभर्टनको जितमा जग्लेल्काले खेलको दशौं मिनेटमा गोल गरेका थिए। पराजयसँगै आर्नसलले टोटनह्यामलाई पछि पारेर अंक तालिकाको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ। जसले शीर्ष चारको दौडमा आर्सनललाई घाटा पारेको छ।
लिगमा शीर्ष स्थानको लिभरपुलको ३३ खेलबाट ८२ अंक छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८० अंक छ। तेस्रो स्थानको टोटनह्यामको ३२ खेलबाट ६४ र चौथो स्थानको आर्सनलको ३२ खेलबाट ६३ अंक छ। पाँचौ स्थानको चेल्सीको पनि ६३ अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।