एजेन्सी– इंग्लिस एफए कपको उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोर्ड भिड्ने भएका छन्। आइतबार भएको दोस्रो सेमिफाइनलमा वाटफोर्डले वुल्भ्सलाई ३–२ ले पराजित गर्दै सिटीसँगको उपाधि भिडन्त पक्का गरेको हो।
खेलमा वुल्भ्सले २ गोलको अग्रता जोगाउन सकेन। डोहेर्टीले ३६ र जिमेनेजले ६२ मिनेटमा गोल गरेर वुल्भ्सलाई अग्रता दिलाएका थिए। वाटफोर्डका डेउलोफेउले ७९ मिनेटमा गोल गरे भने डिनीले इन्जुरी मिनेटको चौथो मिनेटमा पेनाल्टीमा गोल गरेर खेललाई बराबरीमा ल्याए।
निर्धारित समय २–२ को गोलको बराबरीमा सकिएपछि थप गरिएको समयमा वाटफोर्ड चम्कियो। डेउलोफेउले १ सय ४ मिनेटमा गोल गरेर वाटफोर्डलाई फाइनल यात्रा गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।