काठमाडौं– आइपिएल क्रिकेटमा कोलकाता नाइटराइडर्स शीर्ष स्थानमा उक्लिएको छ। कोलाकाताले आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेर शीर्ष स्थानमा उक्लिएको हो।
पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा १ सय ३९ रन जोड्यो। राजस्थानका लागि स्टेभिन स्मिथले नटआउट ७३ रन जोडे। १ सय ४० रनको लक्ष्य कोलकाताले १३.५ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। कोलकाताका लागि क्रिस लिनले ५० र सुनिल नारिनले ४७ रन जोडे।
अर्को खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि दिल्ली क्यापिटल्सले ४ विकेटको जित हात पार्यो। पहिले ब्याटिङ गरेको बैंग्लोरले ८ विकेटको क्षतिमा १ सय ४९ रन जोड्यो। उसका लागि कप्तान विराट कोहलीले ४१ रन जोडे। बलिङमा दिल्लीका कागिसो राबाडाले ४ विकेट लिए। क्रिस मोरिसले २ विकेट लिदा अक्षर पटेल र सन्दीप लामिछानेले १–१ विकेट लिए।
१ सय ५० रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पार गर्यो। दिल्लीका लागि कप्तान श्रेयर इयरले ६७ रन जोडे।
अंक तालिकामा कोलकाता ५ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ। दिल्ली ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा छ। सातौं स्थानको राजस्थानले १ जित मात्र निकालेको छ भने पुछारको बैंग्लोर खेलेका सबै ६ खेलमा पराजित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।