काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा ‘मिडिया, कम्युनिकेसन र एडभटाइजिङ एक्स्पो’को तयारी अन्तिम चरणमा पुगेको छ।
एकाडेमी अफ मिडिया एन्ड इभेन्ट म्यानेज्मेन्टले चैत २८ देखि ३० गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो।
स्वदेशी र विदेशी सहभागी आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
आयोजक कम्पनीका कार्यकारी निर्देशक डम्बर साहूले मिडिया र यससँग सम्वन्धित उद्योगको विकासका लागि पहिलो पटक यस्तो मेला गर्न लागिएको बताए।
मेलामा सहभागिता जनाउने मिडिया क्षेत्रका उद्योगको संख्या थप हुँदै गएको समेत उनले बताए।
सम्मेलनमा ४५ भन्दा बढी मिडिया विज्ञ, सरोकारवाला, मिडियाका लगानीकर्ताले कार्यपत्रहरु प्रस्तुत गर्ने जनाइएको छ।
सम्मेलनमा देश तथा विदेशबाट ४ सय ५० भन्दा बढी सहभागी हुने साहूले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।