ताप्लेजुङ– बाटो खन्ने क्रममा भीरबाट खसेको ढुंगा र माटोले पुरिएर स्काभेटरका चालकको मृत्यु भएको छ।
श्रीजंगा गाउँपालिका–५ पेदाङमा बाटो खन्दै गरेका स्काभेटर चालक सिन्धुलीको कमलामाई नगरपालिका १, बेल्टारका २१ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको हो।
खैरबारीबाट राष्ट्रिय माध्यामिक विद्यालय पेदाङ जोड्ने बाटो खन्दै गरेको स्काभेटरलाई भीरबाट खसेको ढुंगा र माटोले किचेको थियो।
पुरिएर चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।