काठमाडौं- नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै आईतबार काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गरिएको छ । रोल...
नागरिकता विधेयकविरुद्ध संघर्ष समन्वय समिति नाम दिइएको समूहले सरकारले ल्याएको नागरिकता संशोधन विधेयक राष्ट्रघाती रहेको भन्दै तत्काल खारेज गर्न माग गर्दै विरोध प्रर्दशन गरेको हो।
नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय जनमोर्चालगायतका पार्टीका नेता, कार्यकर्ताहरु सहभागी रहेको प्रर्दशनीमा सरकारले एकपछि अर्को राष्ट्रघाती कदम चालेकाले त्यसलाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको बताएका छन्।
उनीहरुले नागरिकता छानबिनका लागि तत्काल उच्चस्तरीय छानबिन आयोग गठन गर्न पनि सरकारलाई दबाब दिएका छन्।
प्रर्दशनकारीहरुले ‘गैरकानुनी नागरिकताको प्रमाण पत्र खारेज गर्ने सर्वोच्च अदालतको निर्णय लागू गर’, ‘नेपाल–भारत खुला सिमाना नियमन गर’ लेखिएको प्ले कार्ड प्रर्दशन गर्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।