• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'विगतमा बाहिर-बाहिर समाज सेवा गरेँ अब आफ्नै जिल्लामा गर्छु'

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २२, २०७४  ०९:०४
1140x725

मनाङमा पहिलो चरणमा मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ। तर विगतभन्दा यसपालि यहाँको निर्वाचन वातावरण फरक रहेको छ। आपराधिक पृष्ठभूमिबाट आएका दीपक मनाङे (राजीव गुरुङ) प्रदेशसभाका लागि उम्मेदवार भएका छन्।

गएको महिना नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग टीका लगाएर उनी पार्टी प्रवेश गरेका थिए। पक्राउ पर्दै छुट्दै गरेका उनी राप्रपा छाडेर एमालेमा प्रवेश गरेका हुन्। सांसद बन्ने महत्वाकांक्षाले एमाले छिरेको भए पनि पार्टीले टिकट नदिएपछि उनले मनाङमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्। नेपाली राजनीतिको विडम्बना, आपराधिक क्रियाकलापबाट जोगिन ठूला पार्टीको छहारीमा रहेका गुण्डाहरु यतिबेला प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट पाउने हैसियतसम्म पुगेका छन्। 

सबैभन्दा कम जनसंख्या रहेको मनाङमा प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र छ भने प्रदेशसभाका लागि दुई क्षेत्र निर्धारण गरिएको छ। उनी प्रदेशसभाको 'ख' बाट स्वतन्त्र रुपमा चुनाव भिड्दैछन्। एमालेकी खण्डा गुरुङले उम्मेदवारी फिर्ता लिइसकेकाले उनको प्रतिस्पर्धा अब कांग्रेसका कर्मा गुरुङसँग हुनेछ।

निर्वाचन तयारीका विषयमा दीपक मनाङेसँग नेपाल लाइभका दुर्गा दुलालले गरेको कुराकानी: 

चुनाव प्रचार अभियान कस्तो हुँदैछ? 
प्रचार अभियान जोडदार रुपमा चलेको छ। म हरेक वडाका गाउँमा पुग्ने प्रयासमा छु। सबै गाउँलेलाई भेटेर मत मागिरहेको छु। तर यहाँको चुनाव प्रचार अभियान फरक रहेछ। म दिउँसो प्रचार गर्दै भोट मागेर हिँडिरहेको छु, कांग्रेसका उम्मेदवारहरु भने रातमा पैसाको झोला बोकेर हिँड्दा रहेछन्। म रातमा बियर खाएर हिँड्ने समय उनीहरु प्रचारमा हिँडिरहेका भेटिन्छन्।

तपाईंलाई नै जनताले किन भोट दिने? 
म मनाङमा जन्मेको मान्छे। मनाङका जनताले मनाङेलाई भोट नदिएर कसलाई दिन्छन् त? नेवारलाई दिने, बाहुनलाई दिने कुरा आएन। मनाङेलाई नै दिनुपर्‍यो नि। 

मतदाताको राय चाहिँ के छ? 
मतदाताहरु स्थिर भएको पाएको छु मैले। म चुनाव लड्ने भनेर यहाँ आएपछि उत्साही भएको पाएको छु। म विगतमा बाहिर बाहिर समाजसेवा गर्दै आएको थिएँ अब आफ्नै जिल्लामा सेवा गर्न आएको हुँ। मलाई निर्वाचन लड्ने सोच थिएन तर जिल्लामा आएपछि यस्तो सोच पलायो। राजनीति भनेको समाजसेवा हो, त्यही गर्न म यहाँ आएको हुँ।

यहाँका जनता एकदम सिधा भएको पाएँ। उनीहरुलाई पार्टी र सिद्धान्त केही थाहा छैन। जसले जे भन्छ, त्यही पत्याउने खालका सोझा भएको मैले पाएको छु। अब यी सिधा जनतालाई झुक्याएर निर्वाचन जित्ने दिन सकिए भनेर मैले बुझाएको छु। यहाँ अहिले जसले काम गर्छ, उसलाई भोट दिने विचारमा मानिसहरु बसेका रहेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि तपाईंलाई गुण्डा भन्थे नि, अहिले तपाईं को हो? 
म विगतदेखि नै आत्मसम्मानका लागि लड्दै आएको मानिस हो। यहाँ एयरपोर्ट बेचेर खाने मानिस छन्। सबैभन्दा ठूलो अपराध त्यो हो। आत्मसम्मानका लागि अरु लड्न सक्नुपर्यो नि। मैले आत्मसम्मानका लागि लडेको हो। यसो गर्दा डन भइन्छ भने म डन नै हो। 

चुनाव जितेर के गर्नुहुन्छ? 
चुनाव जितेर धेरै गर्ने मेरो सोच छैन। म जिल्लाको सेवा गर्न आएको हुँ। कसरी सेवा हुन्छ, त्यही गर्ने हो। यहाँका जनताको धेरै गुनासो पाएको छु। यहाँका जनतालाई भगवानले बचाएका रहेछन्। यहाँ सरकारको उपस्थिति देखिनँ मैले। लामो समय कांग्रेसले शासन गर्यो तर काम केही गरेन। अब म केही गर्ने सोचका साथ आएको छु। मेरो परिवार र आफन्तको नेटवर्कका कारण सफल हुने विश्वास छ। 

कति मतले जित्नुहुन्छ? 
म यस क्षेत्रबाट स्वतन्त्र लडेको हुँदा यति नै मतले जित्छु भनेर दाबी गर्दिनँ। राजनीति भनेको अनुमान गर्ने मात्रै रहेछ। लामो समयको राजनीतिक अनुभव नभएकाले म यसै भन्न सक्ने अवस्थामा  छैन।

यदि तपाईं विजयी हुनुभयो भने केही योजनाबारे सोच्नु भएको छ?
दुई वट कुरा गर्ने मेरो योजना छ। एउटा, पर्यटन विकास गर्ने हो। अर्को हाइड्रोपारमा म केही गर्छु। यो पर्यटकीय क्षेत्रका रुपमा चिनिएकाले अझ विस्तृत रुपमा योजनाबद्ध विकास गरिनुपर्छ। जलविद्युतमा यहाँ धेरै सम्भावना छ। रसुवाभन्दा ठूला योजना यहाँ सञ्चालन गर्न सकिने मैले देखेको छु। त्यसका लागि मसँग केही योजना छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समाजसेवाका क्षेत्रमा के गर्ने सोच छ? 
जम्मा ६ हजार मानिस भएको ठाउँ हो यो। स्वास्थ्य र शिक्षामा केही गर्नुपर्ने देखिएको छ। शिक्षा पहिलो प्राथमिकता हुनुपर्छ। यहाँका प्रायः बच्चा पोखरा र काठमाडौंमा पढ्दा रैछन्। त्यसका लागि मैले केही योजना बनाएको छु। ४ सय मानिस मिलेर दुई थान हेलिकोप्टर किनेर पर्यटक र बिरामीका लागि प्रयोग गर्ने सोच बनाएको छु। सडकमा एम्बुलेन्स चलाएर बिरामी जोगाउने सम्भावना रहेनछ। हेलिकोप्टरले बिरामीलाई सस्तोमा र पर्यटकलाई सेवा दिने हो भने यहाँको विकास हुन्छ। मेरो लक्ष्य पनि त्यही हो। हामीले तीन महिना रक्सी नखाएर त्यो पैसा बचाएर धेरै काम गर्न सक्छौं। म पनि तीन महिना रक्सी नखाएर मनाङका जनताको सेवा गर्छु।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०७४  ०९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्