नयाँ दिल्ली (एजेन्सी)– भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीको गोल एएफसी कपको ‘गोल अफ दि टुर्नामेन्ट’ मा समावेश भएको छ। यही वर्षको ३१ मेमा खेलिएको अन्तर क्षेत्रीय क्लब फुटबलको ठूलो प्रतियोगिता एएफसी कपमा उनले बेग्लोर एफसीबाट प्रतिनिधित्व गर्ने क्रममा माल्दिभ्सको माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन क्लब विरुद्ध गोल गरेका थिए।
समूह चरणको खेलमा माजियाका रक्षापंक्तिलाई काटेर उनले गरेको गोलका कारण बेग्लोर १–० ले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।
सुनिलबाहेक पनि मलेसियाको जोहोर दारुल ताजिमका खेलाडी नाजमी फैज र इराको अल जावराका मोहनाद अब्दुलरहिम, फिलिपिन्सको कारेस नेग्रोसका इयान रामसेको गोल उत्कृष्ट गोलमा समावेश भएको छ।
सुनिल क्षेत्रीको कप्तानीमा भारतले केही समयअगाडि मकाउलाई ४–१ गोलले पराजित गर्दै चौथो पल्ट एसिया कपको लागि छनोट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।