काठमाडौं- रिद्धिसिद्धी सिमेन्ट नेपाली बजारमा आएको छ।
निर्माणका अन्य सामग्रीहरु उत्पादन गर्दै आएका नेपालका दुई ठूला औद्योगिक घराना शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा रिद्धिसिद्धी सिमेन्ट उत्पादनबाट गरी आईतबारबाट बजारमा ल्याइएको हो।
गुणस्तरीय सिमेन्टको अभाव मुलुकमा हुन नदिन सो सिमेन्ट उत्पादन गरी बजारमा ल्याइएको अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले दाबी गरे।
काठमाडौंमा आईतबार पत्रकार सम्मेलन गरी नयाँ प्रविधिका साथ उत्पादन सुर गरिएको सो सिमेन्टले गुणस्तरको नयाँ मापदण्ड हासिल गर्ने बताइएको छ।
मकवानपुरको रातोमाटेमा कारखाना रहेको सो कम्पनीले हेटौडा र चितवनस्थित आफ्नै चुनढुंगा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता पुर्याउने लक्ष्य लिएको छ।
१० अर्ब स्वदेशी लगानीमा उत्पादन सुरु गरिएको सो सिमेन्ट नेपालमा हालसम्म उत्पादन भएका सबै सिमेन्टभन्दा गुणस्तरीय हुने दाबी पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।