काठमाडौं(एजेन्सी)– भारतले टि–२० शृंखला २–१ ले जितेको छ। मंगलबार राती केही समयअघि सम्पन्न खेलमा भारतले भ्रमणकारी न्युजिल्यान्डलाई ६ रनले पराजित गरेको छ।
भारतको दक्षिणी राज्यमा आयोजना भएको तेस्रो खेल वर्षाले प्रभावित भएपछि ८–८ ओभर मात्र सम्भव भएको थियो। भारतले पहिलो ब्याटिङ गर्ने क्रममा ५ विकेट गुमाएर ६७ रन बनाएको थियो।
प्रत्युत्तरमा न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ६१ रन मात्र बनाउन सफल भयो। भारतको जितमा यजुवेन्द्र चहल र जसप्रित बुमराहले नायक सावित भए। उनीहरुले उत्कृष्ट बलिङ गरे। यजुवेन्द्रले २ ओभरमा ८ रन मात्र खर्चे। बुमराहले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए।
यसअघि पहिलो ब्याटिङ गर्ने क्रममा भारतीय कप्तान विराट कोहलीले १३ रन बनाएका थिए। मनिष पाण्डेले १७ रन बनाए। न्युजिल्यान्डले कोलिन डि ग्रेन्डहोमले अविजित रहँदै १७ र ग्लेन फिलिप्सले ११ रन बनाए। बुमराह याे खेलका उत्कृष्ट खेलाडी र पुरै शृखलाकाे उत्कृष्ट खेलाडी घाेषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।