काठमाडौं– आइपिएल क्रिकेट अन्तर्गत नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले लगातार चौथो खेल खेल्ने भएका छन्। दिल्ली क्यापिटल्सले सन्दीपलाई रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा पहिलो ११ मा राखेको हो।
बैंग्लोरको घरेलु मैदानमा हुने खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने भएको छ। केहिबेरमा हुने खेलमा दिल्लीले टिममा कुनै परिवर्तन गरेको छैन।
दिल्लीको टिम - पृथ्वी शा, शिखर धवन, श्रेयर इयर, रिशव पन्त, कोलिन इनग्राम, क्रिस मोरिस, राहुल टेवाटिया, अक्षर पटेल, कागिसो राबाडा, इशान्त शर्मा, सन्दीप लामिछाने
सन्दीपले सुरुवाती २ खेलमा मौका पाएका थिएनन्। पछिल्लो ३ खेल खेल्दै उनले ४ विकेट लिइसकेका छन्।
सन्दीपले तेस्रो खेलमा कोलकाता नाइटराइडर्सविरुद्ध १ र चौथो खेलमा किंग्स इलावेन पञ्जावविरुद्ध २ विकेट लिएका थिए। हैदरावादविरुद्धको अघिल्लो खेलमा उनले १ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।