ललितपुर- ललितपुरमा ‘अन्तराष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ।
ललितपुरको कला, संस्कृति र हस्तकलाका सामग्रीलाई अन्तराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको हो।
ललितपुर उद्योग वाणिज्य संघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २७ गते बुधबारबाट सुरु हुने मेला बैशाख १ गते आईतबारसम्म चल्ने जानकारी गराएको छ।
'ललितपुरको कला, संस्कृति र हस्तकलाका सामग्रीहरुको अन्तराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो,' संघका अध्यक्ष कृष्णलाल महर्जनले भने।
५ दिनसम्म चल्ने मेला ललितपुरको नःटोलस्थित मदन स्मारक माध्यामिक विद्यालयको प्राङगनमा आयोजना हुनेछ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नु हुने मेलामा भारत, चीन, पाकिस्तान, बंगलादेशसहित १ सय भन्दा बढी स्टल रहनेछन्।
मेलामा करिब ५ लाखले अवलोकन गर्ने र ५ करोड रुपैँया बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।