काठमाडाैं- ५० प्रतिशतभन्दा बढि भाडा वृद्धि गरेको भन्दै काठमाडौंको टुकुचास्थित इच्छुमती तरकारी बजारका व्यवसायीहरुले सञ्चालकविरुद्ध आन्दोलन सुरु गरेका छन्।
इच्छुमती तरकारी बजार व्यवसायी हकहित संघर्ष समितिले ५० प्रतिशतभन्दा बढि भाडा वृद्धि गरेको भन्दै सञ्चालक संस्था हरित कृषि सहकारी संस्थाविरुद्ध आइतबारबाट आन्दोलन सुरु गरेको हो।
सञ्चालक संस्थाले जथाभावी भाडा बढाउने तर त्यसको हिसाबसमेत नराख्ने अवस्था भएपछि विरोधमा आन्दोलन सुरु गर्नु परेको समितिका अध्यक्ष कुमार तिमिल्सिनाले जानकारी दिए। उनीहरुले सञ्चालकहरुले सो बजारबाट उठाएको रकम हिनामिना गर्ने काम तत्काल बन्द नगरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए।
संघर्ष समितिले सो बजारको सञ्चालक संस्था हरित कृषि सहकारी संस्थालाई आर्थिक हिसाबकिताबलाई पारदर्शी बनाउन र व्यवसायीहरुलाई डर, धाक देखाएर जथाभाबी स्टल भाडा नलिन पनि सचेत गराएको छ। व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न पनि संघर्ष समितिले सञ्चालक समितिको ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।