स्याङ्जा– स्याङ्जा भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितामा नेपाली खेलाडीले वर्चश्व जमाएका छन्। ६ दिनसम्म चलेको प्रतियोगिताको अधिकांस पदक नेपाली खेलाडी जिते ।
टेण्डममा विशाल थापा प्रथम, हुदै प्रेम तिमिल्सना दोस्रो र अनिस थापा तेस्रो भए। एक्कुरेसी र क्रस कन्ट्री जोड्दा कृष्ण सनुवार पहिलो हुँदा मदन कुमार सुनुवार दोस्रो र विमल अधिकारी तेस्रो भ। महिलातर्फ बिवि सिङताङले स्वर्ण, सविता तामाङ रजत र निखिता सुनुवारले कास्य जिते ।
एक्कुरेसी पुरुष तर्फ नेपालका ऋषि पोडे स्वर्ण, युवराज सुनुवार रजत र विमल अधिकारीले कास्यपदक हात पारे। महिलातर्फ नेपालका बवि सिताङले स्वर्ण, सविता तामाङले रजत र मलेसियाका नाडिअ वाफले कास्य हात पारे।
राष्ट्रिय समुह तर्फ बाबु एड्भेन्चर क्लबले स्वर्ण, कुमुल्च क्लबले रजत र बाबु एड्भेन्चर क्लब बिले कास्यपदक जितेका थिए। महिलातर्फ बाबु एडभेन्चर क्बलले स्वर्ण र रजत जित्यो।
प्रतियोगितामार्फत सन् २०१८ मा इन्डोनेसियामा सहभागी हुने २१ खेलाडी छनोट हुनेछन् ।
प्रतियोगिता स्याङ्जको भीरकोट नगरपालिकाम भएको थियो। स्वरेक मैदानको १६ सय मिटर उचाबाट उडान गरेका पाइलटहरुले वालिङ ११, स्वरेक डौवा फाटको आधिखोलाको चौरमा अवतरण गरेका थिए । प्रतियोगितामा २० देशका २ सय प्यारापाइलटले क्रस क्रन्टी, एक्कुरेसी र टेण्डम विधामा प्रतिस्पर्धा गरेका गिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।