• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आइपिएलमा अलजारी : ११ वर्षको रेकर्ड भंग गर्ने २२ वर्षे बलर 

64x64
नेपाल लाइभ आइतबार, चैत २४, २०७५  ११:५४
1140x725

काठमाडौं– १२औं संस्करणको आइपिएल क्रिकेटमा वेस्ट इन्डिजका तीव्र गतिका बलर जोसेफ अलजारीले 'ड्रिम डेब्यू'  गर्दै विश्व क्रिकेटको ध्यान खिँचेका छन्।

मुम्बई इन्डियन्सका लागि शनिबार डेब्यू गरेका उनले ३.४ ओभरमा ६ विकेट लिएर कीर्तिमानी बलिङ गरेका हुन्। अलजारीको उत्कृष्ट बलिङसँगै मुम्बईले सनराइजर्स हैदरावादलाई उसैको घरेलु मैदानमा ४० रनले पराजित गर्न सफल भयो।

पहिले ब्याटिङ गरेको मुम्बईले समान्य योगफल तयार गरेको थियो। मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रनमा मात्र जोड्न सक्यो। लगातार विकेट गुमाएको मुम्बईका लागि छैटौं नम्बरमा ब्याटिङ गरेका केइरन पोलार्डले २६ बलमा २ चौका र ४ छक्काको मद्दतमा नटआउट ४६ रन बनाएका थिए। जससँगै मुम्बईले सामान्य योगफल तयार पारेको थियो।

१ सय ३७ रन बनाउनु घरेलु टिम हैदरावादका लागि ठूलो कुरा थिएन। अझ ओपनिङ जोडी डेभिड वार्नर र जोनी बिस्ट्रले जारी आइपिएलमा उत्कृष्ट खेलिरहेका छन्। त्यसैले खेलमा हैदरावाद हाबी हुने विश्वास गरिएको थियो। अझ मुम्बईले अलजारीलाई पहिलो खेल खेलाउँदै थियो। अनुभवी खेलाडी लासिथ मालिङ्गाको स्थानमा खेलेका अलजारीको प्रदर्शनमा मुम्बईको नतिजा निर्भर थियो।

अलजारीले पाँचौ ‌ओभरमा मुम्बईका लागि दोस्रो र आफ्नो पहिलो सफलता हात पार्दै कप्तान रोहित शर्माको निर्णयलाई सहि साबित गरिदिए। पाँचौ ओभरको पहिलो बलमा उनले ओपनर डेभिड वार्नरलाई बोल्ड गरेसँगै मुम्बईलाई राहत मिलेको थियो।

अलजारीले आफ्नो दोस्रो ओभर सातौं ओभरमा पाए। यो ओभरमा उनले विजय शंकरलाई पाँच रनमा आउट गरे।  

१६औं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका उनले २ विकेट लिए। उनले चौथो बलमा दीपक हुडालाई २० रनमा बोल्ड गरे भने पाँचौ बलमा रासिद खानलाई खाता नै खोल्न नदिई पेभेलियनको बाटो देखाए।

nimb
nimb
Ncell 2
Ncell 2

१८औं ओभरमा आफ्नो चौथो ओभर गरेका उनले पहिलो बलमा हैदरावादका कप्तान भुवनेश्वर कुमारलाई २ रन र चौथो सिद्धार्थ कौललाई शून्यमा आउट गरेर हैदरवादलाई अलआउट गरे।

यसरी डेब्यू खेलमा ३.४ ओभर बलिङ गर्दा उनले ६ विकेट लिए। उनले १ ओभर मेडन राख्दा १२ रन मात्र खर्चिए। यो आँकडा आइपिएलकै उत्कृष्ट बलिङ हो। जससँगै उनले ११ वर्ष पुरानो रेकर्ड भंग गरे। यसअघि आइपिएलको उत्कृष्ट बलिङ पाकिस्तानका खेलाडी सोहेल तनवीरको नाममा थियो। राजस्थान रोयल्सका बलर तनवीरले सन् २००८ मा चेन्नई सुपरकिंग्सविरुद्ध ४ ओभरमा १४ रन दिएर ६ विकेट लिएका थिए। यस्तै अलजारीको यो प्रदर्शन आइपिएलको डेब्यू खेलकै अहिलेसम्मकै उत्कृष्ट बलिङ हो।

उत्कृष्ट बलिङ गरेसँगै पोलार्डले उनलाई काँधमा बोकेका थिए। यस्तै टेलिभिजन कमेन्ट्री गरिरहेका इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटर्सन, डिन जोस र स्कट स्टाइरिसले उठेर सम्मान प्रकट गरेका थिए।

खेलपछि मुम्बईका कप्तान रोहित शर्माले अलजारीको प्रदर्शन सनसनीपूर्ण भएको बताए। डेब्यू खेलमै ६ विकेट लिएपछि उनलाई अब वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट अझ राम्रो खेल्ने बाटो खुलेको शर्माको भनाइ छ। अलजारीले खेलपछि उत्कृष्ट सुरुवात भएको बताएका छन्। 'यो ड्रिम स्टार्ट हो। यो भन्दा राम्रो बलिङ गर्न सक्दिन,' उनले भने, 'योजना अनुसार बलिङ गर्न चाहान्थे। मैले आफ्नो सामान्य बलिङ गर्ने काम मात्र गरेको हुँ।' अलजारीले पहिलो विकेट लिएपछि खुसी मनाएका थिएनन्। उनले विकेट भन्दा पनि जित निकाल्न केन्द्रित रहेको बताए। 

गत फेब्रुअरीमा पनि अलजारी चर्चामा थिए। एन्टिगुवामा इंग्ल्यान्डविरुद्धको टेस्ट खेलका दौरान आफ्नो आमाको मृत्यु भए पनि उनले खेललाई निरन्तरता दिएका थिए। अलजारी सन् २०१६ को यु–१९ विश्वकप विजेता टिमका सदस्य हुन्। सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकपमा वेस्ट इन्डिजले भारतलाई हराएर उपाधि जितेको थियो। फाइनलमा उनले ३ विकेट लिदा ३९ रन दिएका थिए।

आइपिएलमा यसै सिजन आबद्ध भएका अलजारीलाई मुम्बईले एडम मिल्नेको स्थानमा भित्र्याएको हो। मिल्ने घाइते भएपछि मुम्बईले उनलाई ७५ लाख भारुमा आबद्ध गरेको थियो।

प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  ११:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्