म्युनिख– जर्मन बुन्डेस लिगाको उपाधि भिडन्तमा वायर्न म्युनिखले बोरुसिया डर्टमुन्डलाई पछि पारेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
वायर्नले शनिबार राति भएको खेलमा उपाधि होडमा रहेको डर्टुमन्डलाई ५–० ले हराएको छ। हारसँगै डर्टमुन्ड अंक तालिकाको दोस्रो स्थानमा झरेको छ। वायर्नको २८ खेलबाट ६४ अंक भएको भने दोस्रो स्थानमा झरेको डर्टमुन्डको ६३ अंक छ। वायर्नलाई हराएको भए डर्टमुन्ड उपाधि होडमा बलियो बन्ने निश्चित जस्तै थियो।
शनिबार वायर्नका लागि हुमेल्सले १० मिनेटमा पहिलो गोल गरेका थिए। रोबर्ट लिवान्डोस्कीले १७ र ८० मिनेटमा गरी २ गोल गर्दा मार्टिनेज अगुइनागाले ४१ र जिनब्रीले ४३ मिनेटमा गोल थपे।
वायर्नले पहिलो हाफमै ४ गोल गरेपछि डर्टमुन्ड दबाबमा परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।