म्यानचेस्टर– म्यानचेस्टर सिटी इंग्लिस एफए कफको उपाधि नजिक पुगेको छ। म्यानचेस्टरले शनिबार भएको सेमिफाइनलमा ब्रिङ्टनलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
म्यानचेस्टरका लागि ग्राबियल जेससले खेलको चौथो मिनेटमा गरेको गोल फाइनलमा पुग्न पर्याप्त रह्यो।
म्यानचेस्टर सिटी एफए कफको फाइनलमा पुगेको यो एघारौं पटक हो। सन् २०१३ पछि सिटी फाइनलमा पुगेको हो। २०१३ को फाइनलमा भने सिटी उपाधि भिडन्तमा विगानसँग पराजित भएको थियो।
अब सिटीले उपाधिका लागि वाटफोर्ड र वुल्भ्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।