काठमाडौं– आइपिएल क्रिकेटमा डेब्यू बलर अल्जारी जोसेफले ६ विकेट लिएपछि मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादमाथि ४० रनको जित हात पारेको छ।
पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेटको क्षतिमा १ सय ३६ रन जोडेको थियो। जावाफी ब्याटिङ गरेको हैदरावाद १७.४ ओभरमा ९६ रनमा अलआउट भयो।
आइपिएलमा डेब्यू गरेका वेस्ट इन्डिजका २२ वर्षे बलर जोसेफको घातक बलिङसामू हैदरावाद निरिह साबित भयो। उनले ओपनर डेभिड वार्नरलाई १५ रनमा बोल्ड गरेकाथिए। यस्तै विजय शंकरलाई ५ रनमा क्याच गराउदा दिपक हुडालाई २० रनमा बोल्ड गरे। रासिद खानलाई शून्य, भुवेश्वर कुमरालाई २ रन र सिद्धर्थ कौललाई पनि शून्यमा आउट गरे। जोशेपले ३.४ ओभरमा १ मेडन राख्दा १२ रन दिए। यो आइपिएलको दोस्रो उत्कृष्ट बलिङ हो भने डेब्यू खेलाडीको कीर्तिमानी बलिङ हो।
त्यसअघि खराब ओपनिङ गरेको मुम्बईका लागि केइरन पोलार्डले २६ बलमा २ चौका र ४ छक्काको मद्दतमा ४६ रन जोडेका थिए।
जितसँगै मुम्बई ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। ६ अंक नै जोडेको हैदरावादले हारसँगै शीरुष स्थानमा उक्लने मौका गुमायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।