काठमाडौं– मोरक्कोका विश्व कीर्तिमानधारी स्काइडाइभर अनस बक्काली काठमाडौंमा सम्मानित भएका छन्। स्काइ डाइभिङ प्रशिक्षक समेत रहेका उनलाई नेपालका लागि मोरक्को अधिराज्यको वाणिज्य दूतावासले मंगलबार सम्मानित गरेको हो। बक्कालीले अहिलेसम्म ७ हजार भन्दा बढी स्काइडाइभिङ गरिसकेका छन्।
बक्कालीले गत नोभेम्बर ३ र ४ मा सगरमाथाको २३ सय फिटको उचाइबाट स्काइडाइभ गरेका थिए। नोभेम्बर ३ स्काइडाइभलाई उनले आफ्नै देशको 'ग्रिन मार्च दिवस'लाई समर्पित गरेका छन्। नोभेम्बर ४ को स्काइडाइभलाई उनले प्राणघातक रोग क्यान्सर विरुद्ध जनचेतनाको अभिबृद्धि गराउने कार्यका लागि समर्पित गरेका छन् । दुवै स्काइडाइभमा उनले ठूलो आकारको मोरक्कन झण्डासहित डाइभ गरेका थिए।
५ पटकका विश्व किर्तिमानी बक्कालीले गत वर्ष ‘ग्रिन र्माच दिवस’ कै अवसर पारेर दुबईस्थित १८००० फिट उचाईबाट मोरक्कन झण्डासहित हाम फालेका थिए ।
बक्कालीसहित उनका टिमका अन्य १३ स्काइडाइभरलाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेमा सुनीता शाही (नेपाल), टम नूनन (अमेरिका), विण्डी स्मिथ (न्युजिल्यान्ड), ओमार अल्हेगेलान (साउदी अरेविया), पाउल हेनरी डि बेरी (फ्रान्स), डा. रियान ज्याक्सन (बेलायत), टेड अट्किन्स (स्कटल्यान्ड), ग्रेग राउ (अमेरिका), टोस म्याक्सवेल (न्यूजिल्याण्ड), माथ्यू योन्ट (अमेरिका), विवेक पाण्डे (नेपाल), नविन गुरुङ्ग (नेपाल) छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।