काठमाडौं- कम्युनिस्ट पार्टीका नेता, पूर्वशिक्षामन्त्री एवं प्रगतिशील साहित्यकार मोदनाथ प्रश्रितलाई अस्पताल भर्ना गरिएको छ। उनलाई राजधानीको मेडिसिटी अस्पताल भर्ना गरिएको हो।
हृदयघात भएका कारण उनलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।
हाल उनको उपचार भइरहेको र अवस्था सुधारोन्मुख भएको बताइएको छ।
काठमाडौबाट भैरहवातर्फ जाँदै गरेका प्रश्रितलाई धादिङको गल्छीमा पुग्दा हृदयघात भएको थियो। त्यसपछि उनलाई त्यहाँबाट तुरून्तै फर्काएर ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।
अस्पताल पुर्याए लगत्तै उनको एनजिओ प्लास्टी गरिएको छ।
मुटुको भल्भमा जमेको रगत हटाइएपछि अहिले डा.प्रश्रितलाई सिसियू उपचार कक्षमा राखिएको छ।
डा. प्रश्रितले साँझको खाना पनि सहज रूपमा खाएका छन्। अहिले उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।