काठमाडौं– बिहीबारदेखि सुरु हुने एसिसी यू–१९ एसिया कपमा सहभागी हुन नेपाली युवा क्रिकेट टिम मंगलबार राति मलेसिया प्रस्थान गरेको छ।
यसअघि नेपाली टिम अभ्यासका लागि बंगलादेश गएको थियो। एक साता बंगलादेशमा रहँदा नेपालले बंगलादेशको युवा टिमसँग ३ अभ्यास खेल खेलेको थियो। सुरुवाती २ खेलमा पराजय बेहोरेको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो।
एसिया कपको समूह 'ए' मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन्। समूह 'बी' मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसिसी पश्चिम क्षेत्र च्याम्पियनसिपको विजेताले प्रतिस्पर्धा गर्नेछन्।
नेपालले पहिलो खेल कात्तिक २५ मा बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल कात्तिक २६ मा भारतसँग खेल्नेछ। यस्तै, नेपालको तेस्रो खेल कात्तिक २८ मा मलेसियासँग हुनेछ।
नेपाली टिम
दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, साहब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह।
वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी।
मुख्य प्रशिक्षक – विनोदकुमार दास
सहायक प्रशिक्षक – कलाम अली
ब्याटिङ प्रशिक्षक – मोन्टी देसाई
म्यानेजर – रमन सिवाकोटी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।