विराटनगर– प्रदेश १ को मोरङ र झापामा शनिबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
मोरङको बुढीगंगा गाउँपालिका ३ मा १० वर्षीया आरधना राजवंशीको मृत्यु भएको छ। दिउँसो करिब २ बजे घर नजिकै रहेको बारीमा गाईबस्तु फुकाउन जाने क्रममा उनलाई चट्याङ लागेको थियो। गम्भीर घाईते अवस्थामा विराट मेडिकल अस्पतालमा भर्ना गरिएकी बालिकाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यसैगरी, झापाको मेचीनगर नगरपालिका १५ ज्यामिरगढीमा चट्याङकै कारण ४० वर्षीय प्रकाश राउतको मृत्यु भएको छ। उनकी पत्नी ३५ वर्षीया सुनिता र भाउजू ३६ वर्षीया मञ्जु घाइते छन्। घाइतेको भन्द्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ।
बिहान ८ वजे खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङले लागेको थियो। तीनै जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा प्रकाशको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।