• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

के गर्दैछ सिफारिस समिति? द्वन्द्वपीडित भन्छन्– पहिलेकै गल्ती नदोहोरियोस्

64x64
नेपाल लाइभ शनिबार, चैत २३, २०७५  १७:३४
1140x725

काठमाडौं– शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष संक्रमणकालीन न्यायको अत्यासलाग्दो प्रक्रिया जारी छ। 

सशस्त्र युद्ध बैठानको एक दशक कटिसक्दा पनि पार लाग्न नसकेको यो विषयमाथि बेलाबेलामा भइराख्ने बाह्य र घरेलु टिप्पणीले राजनीति तरंगित हुने गरेको छ।

५ मंसिर २०६३ मा तत्कालीन सरकार र विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। लगत्तै सुरु भएको शान्ति प्रक्रियाका धेरै काम टुंगो लागिसकेको छ। तर, पनि संक्रणकालीन न्यायको विषय भने बाँकी नै छ।

द्वन्द्वकालीन मुद्दालाई टुंगो लगाउन २०७१ सालमा गठन गरिएका सत्यनिरुण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगलाई म्याद थप्दै चार वर्ष पुर्‍याइए पनि उजुरी दर्ता लगायतका प्रारम्भिक काम बाहेक थप केही हुन सकेन।

पहिलेको आयोग र त्यसका पदाधिकारीको म्याद यही मसान्तबाट सकिन लागेको सन्दर्भमा सरकारले ती आयोगका पदाधिकारी सिफारिस गर्न समिति गठन गरेको छ। यद्यपि आयोगको समयावधि भने एक वर्ष अरु थप गर्न सकिनेछ।

७ र ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले ती दुई आयोगमा रिक्त हुने पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय समिति बनाएको छ। सदस्यहरुमा वरिष्ठ अधिवक्ता रामनाथ मैनाली, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र शर्मिला कार्की छन्। एकजना सदस्य भने राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष वा उनले तोकेको व्यक्ति हुनेछन्।

यद्यपि, सिफारिस समितिमा नियुक्त हुनेहरु दलीय भागबण्डाबाट भएको भन्दै द्वन्द्वपीडितले असन्तुष्टि जनाएका छन्।

संक्रणकालीन न्यायलाई चाँडो टुंगोमा पुर्‍याउनुपर्ने बढ्दो दबाबबीच सरकारले गठन गरेको समितिले के गर्दैछ त? हामीले यही जिज्ञासा सिफारिस सदस्यमा नियुक्त भएका वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का समक्ष राखेका थियौं।

nimb
nimb
Ncell 2
Ncell 2

गठन भएको एक हप्ता नाघिसके पनि औपचारिक रुपमा समितिले कामको थालनी गरिनसकेको खड्का बताउँछन्। समिति संयोजक बिरामी परेका कारण बैठक बस्न नसकेको उनले बताए। ‘संयोजक नै बिरामी हुनुहुन्छ,’ खड्काले भने, ‘अहिले केही पनि छलफल भएको छैन। उहाँ अस्पतालबाट निको भएर फर्किएपछि बस्छौं।’

अहिलेसम्म अनौपचारिक छलफल पनि नभएको जानकारी दिँदै खड्काले बैठक बसेरै सिफारिसका कार्यविधि बनाउने बताए।

‘पहिलेकै गल्ती नदोहोरियोस्’
दलीय आधारमा सिफारिस समिति बनाएको भन्दै द्वन्द्वपीडितले भने खुल्ला हृदयले सरकारको निर्णयको स्वागत गर्न सकेका छैनन्। उनीहरु आयोगका लागि अब सिफारिस हुने पदाधिकारी दलीय आस्था राख्ने नभई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सक्ने हुनुपर्नेमा जोड दिइरहेका छन्। संक्रमणकालीन न्यायको समग्र प्रक्रियामा आफूहरुको सहभागिता सुनिश्चत हुनुपर्ने उनीहरुको माग छ। 

सिफारिस समिति गठन गर्ने सरकारको निर्णयप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै द्वन्द्व पीडित साझा चौतारीले आयोगमा नियुक्त हुने पदाधिकारी निष्पक्ष र सम्बन्धित बिषयमा विज्ञता हासिल गरेको हुनुपर्नेमा जोड दिएको छ।

‘आयोगमा नियुक्त हुने पदाधिकारीहरु निष्पक्ष, स्वतन्त्र, व्यवसायिक, सम्बन्धित विषयमा विज्ञता हासिल भएको तथा कुनै पनि राजनीतिक दलप्रति आवद्ध नभएका तथा दलीय स्वार्थभन्दा माथि उठ्न सक्ने न्यायिक मन भएका व्यक्तिहरु हुनुपर्छ,’ चौतारीले शुक्रबार निकालेको विज्ञप्तिमा भनिएको छ। 

विगतका दुई आयोगले काम गर्न नसक्नुमा सर्वोच्च अदालतले आयोग गठनका लागि दिएको मार्गदर्शनको पालना नहुनु, पीडितले विश्वास गर्ने विज्ञता प्राप्तभन्दा पनि दलीय पहुँचका भरमा आधारमा सिफारिस र नियुक्ति हुनु र आयोग गठन र आयोगका काम कारबाहीको प्रक्रियामा पीडितको सहभागिता नगराइनु भएको चौतारीले स्मरण गराएको छ। उसले संक्रमणकालीन न्यायको समग्र प्रक्रियामा द्वन्द्वपीडितलाई सहभागी गराउने सम्बन्धमा मार्ग चित्रसहित औपचारिक धारणा सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ। 

‘छनौट समिति बनाउँदा नै हामीहरुसँग अलिकति परामर्श गरिएन, दलकै मान्छे ल्याइयो। हिजो दलकै मान्छे ल्याउँदा आयोगले काम गर्न सकेन,’ चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी भन्छन्, ‘अब दक्ष र विषय बुझेको र अडान राख्न सक्ने मान्छे आयोगमा ल्याउनुपर्‍यो।’

द्वन्द्वपीडितले आयोग गठनका सन्दर्भमा १८ पुस २०७० मा सर्वोच्च अदालतले दिएको मार्गदर्शन पालना गर्नुपर्नेमा जोड दिएका छन्। सर्वोच्चले दिएको आदेशमा द्वन्द्वको कुनै पक्षधर नभएका, मानव अधिकार  उल्लंघनको नकारात्मक अभिलेख नभएका व्यक्तिहरु सम्मिलित गरी अन्तर्राष्ट्रिय रुपमा मान्य मापदण्ड समेतको आधारमा स्वच्छ, निष्पक्ष र विश्वसनीय गठन गर्नुपर्ने उल्लेख छ। 

चौतारीका अध्यक्ष भागीराम चौधरीले सम्पूर्ण प्रक्रियामा आफूहरुको सहभागिता हुनुपर्ने प्रमुख माग भएको बताए। 'हाम्रो मागचाहिँ समितिले काम गर्दा हाम्रो सहभागितामा हुनुपर्‍यो भन्ने हो,’ नेपाल लाइभसँग चौधरीले भने, ‘उहाँहरुले आयुक्तहरुमाथि उजुरी माग्नुहोला, नाममा दाबी विरोध होला। कार्यविधि बनाउनेदेखि छनौट प्रक्रियासम्म हाम्रो सहभागिता हुनुपर्छ। नभए पुरानै चाला हुन्छ।’

तपाईंहरुमाथि नै  दलीय भागबण्डामा नियुक्त भएको आरोप द्वन्द्व पीडितको छ, उनीहरुको त्यो संशय चिरेर निष्पक्ष र सक्षम व्यक्ति सिफारिस गर्न सक्नुहुन्छ? भन्ने नेपाल लाइभको प्रश्नमा सिफारिस समिति सदस्य खड्काले आत्मविश्वासयुक्त जावाफ त दिन सकेनन् तर काम गर्न सक्ने व्यक्ति खोज्ने प्रतिबद्धता भने जनाए। ‘स्वतन्त्र र काम गर्न सक्ने मान्छे नै ल्याउने हो,’ उनले भने, ‘हामीले दलीय आधारमा भन्दा पनि काम गर्न सक्ने मान्छे खोज्छौं।’

चौतारीका संस्थापक अध्यक्ष अधिकारी आफूहरुले खबरदारी गरिराख्ने बताउँछन्। ‘दलीय आधारमा समिति बनेको छ,’ उनले भने, ‘हामीले भने जस्तै मान्छे त्यहाँबाट सिफारिस हुन्छ भन्ने कुरामा पूरै आशंका छ। तर, हामी खबरदारीचाहिँ गरी राख्छौं।’ 

ऐन संशोधन ज्यूँका त्यूँ
सर्वोच्च अदालले आयोग बनाउन बनाइएको ऐनका धेरै प्रावधान पीडितमैत्री र अन्तर्राष्ट्रिय सिन्द्धान्त अनुकूल नभएको भन्दै पटकपटक आदेश दिएको छ। जसअनुसार संक्रमणकालीन न्यायसम्बन्धी आयोग बनाउन बनेको ऐन नै संशोधन गर्नुपर्ने अवस्था छ। 

ऐन संशोधन गर्न केही प्रयास भए पनि विवादित भएपछि त्यो प्रयास नै बीचमै स्थगन भएको छ। एक वर्षअघि केपी ओली नेतृत्वको सरकारले ऐन सुधार/संशोधनका लागि भन्दै ‘जिरो ड्राफ्ट’ नाम दिएको एउटा संसोधन मस्यौदा तयार पारेको थियो। तर, मस्यौदा छलफलमा आउने बित्तिकै विवादमा पर्‍यो।

प्रस्तावमा द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा जेल जानु नपर्ने आशय लुकेको भन्दै पीडित र अन्तर्राष्ट्रिय समुदायबाट विरोध भयो। आउनेबित्तिकै विरोध खेप्नुपरेको उक्त मस्यौदा काम नलाग्ने भन्दै अब समग्र प्रक्रियाको नै पुनरावलोकन गर्नुपर्ने माग द्वन्द्वपीडितको छ। उक्त ऐन संशोधन गर्नेबारे केही समय अघि सकारले छलफल चलाए पनि अहिले भने त्यसमा केही काम हुन सकेको छैन। 

द्वन्द्वपीडित साझा चौतारीले सरकारले ऐन संसोधनको गम्भीर पहल नगरेको भन्दै दुःख व्यक्त गरेको छ र यो विषयमा पीडितसँग सार्थक परामर्शका लागि कार्यतालिकासहित आउन सरकारसँग माग पनि गरेको छ। 'कानुन संशोधनका लागि अहिलेसम्म गम्भीरतापूर्वक पहल नगरिएकोमा द्वन्द्व पीडित साझा चौतारी दुःख व्यक्त गर्दछ र तत्काल आयोग गठनको प्रक्रियासँगसँगै कानुन संशोधनको विश्वसनीय प्रक्रियाका लागि द्वन्द्वपीडितसँग कार्यतालिका सहितको सार्थक परामर्श अबिलम्ब सुरुवात गर्न जोडदार माग गर्दछौं,’ अध्यक्ष चौधरी र महासचिव जनक राउतले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ।

ऐन संशोधनमा के कति प्रगति भएको छ त?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कानुन हेर्ने सचिव रमेश ढकालले ऐन संशोधनका लागि थुप्रै सुझाव आएको र त्यसको अध्ययन गरिरएको बताए।

ऐन संशोधनकै विषयमा ढकालले गत माघमा पीडित पक्षसँग छलफल गरेका थिए। उनले पीडितहरुसँग थप छलफल गरेर संशोधन विधेयक संसद्मा पेस गर्ने बताए। ‘ऐन संशोधनका लागि पीडित पक्षबाट थुप्रै सुझाव आएका छन्,’ ढकालले भने, ‘हामीले त्यसको अध्ययन गरिरहका छौं। पीडितसँग थप छलफल गरेर विधेयक संसदमा दर्ता गर्छौं।’

ऐन संशोधन गरेर, पीडितलाई विश्वासमा लिएर मात्रै आयोग बनाउनुपर्ने द्वन्द्व पीडितहरुको माग छ। त्यसो नगरिए आफूहरुले पनि नमान्ने र अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार नगर्ने चौतारीका संस्थापक अध्यक्ष अधिकारी बताउँछन्।

‘ऐन संशोधन हुनुपर्ने हाम्रो माग यथावत छ, त्यो पूरा भएकै छैन्,’ उनी भन्छन्, ‘यो हाम्रो २०७१ साल देखिको माग हो। यदि ऐन संशोधन नगरी आयोग बनाइयो भने मानव अधिकारकर्मीले पनि मान्दैनन्। अन्तर्राष्ट्रिय समुदायले पनि मान्दैन।’

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव
नेपाल-पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन शनिबार, जेठ २३, २०८३
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव शनिबार, जेठ २३, २०८३
नेपाल-पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड शनिबार, जेठ २३, २०८३
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले शनिबार, जेठ २३, २०८३
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्