चितवन- केन्द्रीय बस ट्रमिनलबाट आँपटारीतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ बस्ने ३२ वर्षीय मेघलाल तामाङ रहेका छन्।
प्रहरीका अनुसार ना ६ ख ६५६६ नं को ट्रकले भित्री बाटोबाट निस्किँदै गरेको ना ६३ प ८२६ नं को स्कुटरलाई मालपोत चोकमा ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटरलाई ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा छभने चालक फरार रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।