काठमाडौं– आगामी चैत २७ देखि आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा भाग लिन राष्ट्रिय टिम युवा टिम मलेसिया प्रस्थान गरेको छ।
१४ सदस्यीय नेपाली युवा टिममा शनिबार त्यसतर्फ प्रस्थान गरेको हो। नेपाली टिमको कप्तानमा रोहितकुमार पौडेल छन्। उनीहित चार खेलाडी राष्ट्रिय टिमका छन्। राष्ट्रिय टिममा रहेका रोहित, भीम सार्की, पवन सर्राफ र सन्दीप जोराले युवा टिमबाट पनि खेल्दैछन्।
भारतको आन्द्रा भ्रमणमा गएका १८ मध्ये ४ खेलाडीलाई वैकल्पिकमा राखेर उत्कृष्ट १४ खेलाडीलाई राष्ट्रिय टिममा स्थान दिइएको हो। योसँगै रोहितले पहिलो पटक आधिकारिक प्रतियोगितामा नेपाली टिमको नेतृत्व गर्नेछन्।
नेपालले मलेसियामा तीन दिन प्रशिक्षण गरेपछि नेपालले छनोटको पहिलो खेलमा चैत २९ गते सिंगापुर र दोस्रो खेल ३० गते युएईसँग खेल्नेछ। जहाँ नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएईले भाग लिँदैछन्। शीर्ष एक टिम युवा विश्वकपमा छनोट हुनेछ।
नेपालको लक्ष्य पाँच टिमलाई पछि पारेर युवा विश्वकपमा छनोट हुनेछ। मलेसिया उड्नुअघि नेपालका प्रशिक्षक विनोकुमार दासले नेपालको लक्ष्य युवा विश्वकप खेल्नु भएको र त्यसका लागि नेपाली टिम सक्षम रहेको बताए।

नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो। गत वर्ष न्युजिल्यान्डमा विश्वकपमा भने नेपाल छनोट हुन असफल भएको थियो।
आगामी वर्ष क्षिण अफ्रिकामा हुने आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। श्वकपमा आयरल्यान्ड बाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन्। अफ्रीकाबाट नाइजेरिया छनोट भइसकेको छ। अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन्।

नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भीम सार्की, रित गौतम, कमलसिंह ऐरी, रासिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतिश जिसी, सूर्य तामाङ
वैकल्पिक– लोकेश बम, शेर मल्ल, आकास चन्द, रविकुमार साह
रमन सिवाकोटी– व्यवस्थापक
विनोदकुमार दास– प्रशिक्षक
विक्रम न्यौपाने– फिजियो
खेल तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।