ढाका (एजेन्सी)– सोसल मिडियामा कसैले विवाह गरेको फोटो पोस्ट गरे, उसलाई बधाई दिनेको ताती लाग्ने गर्छ। तर, बंगलादेशमा एक जना क्रिकेटरले यस्तो गर्दा उल्टो गाली खानु परेको छ। बंगाली क्रिकेटर तस्कीन अहमदले भर्खरै आफ्नो विहेको फोटो पोस्ट गरेका थिए। तर, उनले फोटो पोस्ट गर्दा बधाई होइन, गाली खाएका छन्। तस्कीनले २२ वर्षको उमेरमा विवाह गरेका हुन्।
बंगलादेशका उत्कृष्ट बलर तस्किनलाई सोसल मिडियामा अत्याधिक मात्रामा पछ्याउने गरिन्छ। उनका महिला फ्यान नै धेरै छन्। राम्रो अनुहारका कारण धेरै केटीहरुले उनीसँग विवाहको प्रस्ताव राखेका थिए। तर, कसैलाई थाहा नदिई एक्कासी विवाहको फोटो सार्वजनिक भएपछि उनी र उनको श्रीमती विरुद्ध गालीको बाउन्सर भएको छ।
धेरैले बेहुलीको अनुहारलाई लिएर भत्ता कमेन्ट गरेका छन्। यसमा पनि कसैले पिचाशको संज्ञा दिएका छन्।
दक्षिण अफ्रिकी भ्रमण समाप्त गरेपछि तस्कीनले बंगलादेश फर्किएर साबिया नाइमासँग विवाह गरेका थिए। उनीहरुबीच लामो समयदेखि अफेयर थियो। अचानक तस्कीनले यो कुरा फ्यानसँग गरेपछि सोसल मिडियामा उनलाई क्रिकेटमा बढि ध्यान दिन आग्रहसहितको प्रतिक्रिया आएको छ।
बधाईको सट्टा नकरात्मक प्रतिक्रिया देखेर तस्कीन दुःखी छन्। २२ वर्षको उमेरमा विवाह गर्ने उनको निर्णयप्रति पनि फ्यानहरुले कट्टाक्ष गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।