काठमाडौं- आइपिएल क्रिकेटमा आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेपछि कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ५ विकेटको जित हात पारेको छ।
पहिले ब्याटिङ गरेको बैंग्लोरले ३ विकेटको क्षतिमा २ सय ५ रन जोडेको थियो। कोलकताले ५ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा लक्ष्य पार गर्यो।
कोलकाताका लागि आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरे। उनले १३ बलमा नटआउट ४८ रन बनाए। कोलकातालाई सनसनीपूर्ण जित दिलाउने क्रममा उनले १ चौका र ७ छक्का प्रहार गरेका थिए। त्यसअघि रोबिन उथप्पाले ३३ र नितिश रानाले ३७ रनको योगदान दिएका थिए।
बैंग्लोरका कप्तान विराट कोलहीले ८४ र एबि डिभिलियर्सले ६३ रन जोडेका थिए। मार्कोस स्टोइनिसले नटआउट २८ रन जोडेर २ रन कटाएपनि बैंग्लोरले फाइदा लिन सकेन।
जारी आइपिएल बैंग्लोरको यो लगाबतार पाँचौ हार हो। कोलकाताले भने चार खेलमा ३ जित निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।