भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दमकल सेवा सुरु भएको छ।
शुक्रबार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले सेवाको उद्घाटन गरे।
३५ सय लिटर क्षमताको दमकलले ३५ मिटर टाढासम्म पानीको फोर्स फ्याँक्न सक्ने बताइएको छ।
प्रारम्भिक चरणमा नगरपालिकामा कायम जनशक्तिबाट दमकल सेवा सुरु गरिने र आगामी दिनमा थप जनशक्तिको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ।
दमकल सञ्चालनका लागि स्थानीय प्रहरी प्रशासनसँग समेत सहकार्य गरिने नगरपालिकाको भनाइ छ।
कार्यक्रममा नगर प्रमुख घिमिरेले नगरपालिकाले दिनुपर्ने एउटा अत्यावश्यक सेवा सुरु भएको बताउँदै सरोकारवाला सबैको सहकार्यमा दमकल सेवालाई प्रभावकारी बनाइने बताए।
यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले दमकल सेवाका लागि आवश्यक थप जनशक्तिको चाँडै नै व्यवस्थापन गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।