जनकपुर– महोत्तरीमा एक युवतीको शव फेला परेको छ।
सोनमा गाउँपालिका–२ सिंहासनीस्थित खेतमा अन्दाजी २०/२२ वर्षीया युवतीको शव शुक्रबार दिउँसो भेटिएको हो।
उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
युवतीको घाँटीमा निल डाम देखिएकाले कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
शवको प्रकृति हेर्दा २-३ दिन अघि नै उनको हत्या भएको हुन सक्ने प्रहरीले बताएको छ।
गहुँ गोरो वर्णकी युवतीको खैरो रङको सुरुवाल, हल्का निलो खालको कमिज र रातो सलको पहिरन लगाएको अवस्थामा शव फेला परेको हो।
शवको सनाखत हुन सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।