काठमाडौं– अफगानिस्तानले अस्घर अफगानलाई राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट हटाएपछि अफगान राष्ट्रिय टिमका खेलाडीले विरोध जनाएका छन्।
अलराउन्डर मोहमद नाबी र स्पिनर रासिद खानले अस्घरलाई हटाउने निर्णय गलत रहेको भन्दै विरोध जनाएका हुन्।
आइसिसी एकदिवसीय विश्वकप क्रिकेट सुरु हुन एक महिना बाँकी छदा अफगानिस्तान क्रिकेट बोर्डले अस्घरलाई शुक्रबार कप्तानबाट बर्खास्त गरेको थियो।
पूर्वकप्तान समेत रहेका नाबीले ट्विटरमार्फत अस्घरलाई विश्वकपअघि कप्तानबाट हटाउने अहिले सहि समय नभएको बताएका छन्। अस्घर अफगान टिमको नेतृत्व गर्ने सहि व्यक्ति भएको नाबीको भनाइ छ।
रासिद खानले पनि अस्घरलाई कप्तानबाट हटाउने निर्णयको विरोध गरेका छन्। उनले ट्विट गर्दै भनेका छन् – छनोट समितिको निर्णयलाई सम्मान गर्छु। तर निर्णयमा मेरो असहमती छ। निर्णय गैरजिम्मेवारीपूर्ण र पक्षपाती छ। हामी विश्वकप क्रिकेटको संघरमा छौं। अस्घर नै टिमको कप्तान हुनुपर्छ। उनको कप्तानीमा टिमले सफलता हात पार्छ। क्रिकेटको मेघा इभेन्ट्स विश्वकपअघि कप्तान परिवर्तन गर्दा अनिस्चितता र टिमको मनोबलमा असर पर्नेछ। ्


अफगानिस्तान क्रिकेट बोर्डले अस्घरको स्थानमा अब गुब्लादिन नइबलाई एकदिवसीय टिमको कप्तानको जिम्मा दिएको थियो। यस्तै टेस्ट टिमको कप्तानको जिम्मेवारी रहमत साह र टी–२० को कप्तानमा रासिद दिइएको थियो।
सन् २०१५ मा मोहमद नाबीको स्थानमा अस्घर अफगानिस्तानको कप्तानमा चुनिएका थिए। उनी कप्तानमा चुनिएपछि अफगानिस्तानले आइसिसीको पूर्ण सदस्यता पाएको थियो। यस्तै गत महिना देहरादुनमा आयरल्यान्डविरुद्धको टेस्ट उनको कप्तानीमा जितेर अफगानिस्तानले इतिहास बनाएको थियो।
३१ वर्षीय अस्घरको कप्तानीमा अफगानिस्तानले ३३ एकदिवसीय खेल जितेको थियो। यस्तै टी–२० मा अफगानिस्तानले ५९ मध्ये ३७ खेल जितेको थियो।
अफगानिस्तानले आगामी मेमा स्कटल्यान्ड र आयरल्यान्ड भ्रमण गर्दैछ। उसले दुवै देशसँग २–२ एकदिवसीय खेल खेल्नेछ। विश्वकपमा अफानिस्तानले जुन १ मा अस्ट्रेलियासँग पहिलो खेल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।