विराटनगर– सुनसरीको कोशी गाउँपालिका-४, जुद्धगञ्जमा आज भएको आगलागीमा ९ घर जलेर नष्ट भएका छन्।
बिहान करिब ८ बजे रहमान मन्सुरीको घरबाट सुरु भएको आगोले छिमेकी ललित मिया, सलिम मिया, फिरोज मिया, फरोज मिया, मलिम मिया, कलाम मिया, ऐजुक मन्सुरी र कैजुम मन्सुरीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
इनरुवा, इटहरी र दुहबीको दमकल तथा प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
हावाहुरीका कारण बिजुली सर्ट भई आगो लागेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।