काठमाडौं- आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्स पराजित भएको छ। दिल्लीलाई बिहीबार भएको खेलमा सनराइजर्स हैदरावादले ५ विकेटले पराजित गरेको हो।
पहिले ब्याटिस गरेको दिल्लीले खराब ब्याटिङ गर्यो। दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन मात्र जोड्न सक्यो। १ सय ३० रनको लक्ष्य हैदरावादले ५ विकेटको क्षतिमा ९ बल खेल्न बाँकी छदा पार गर्यो।
हैदरावादका लागि जोनी बिस्ट्रले २८ बलमा ४८ रन जोडे। बलिङमा दिल्लीका पाँच बलरले समान १-१ विकेट लिए। जसमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, अक्षर पटेल, कागिसो रबाडा, टेवाइटा र इशान्त शर्माले विकेट लिएका थिए। झिनो योगफलमा समेटिएपछि दिल्लीले नेपालका युवा बलर सन्दीपलाई पहिलो ओभरमै ल्याएको थियो। तर सन्दीपले पहिलो ओभरमा कुनै सफलाता दिलाउन सकेनन्। सन्दीपले आफ्नो स्पेलको अन्तिम ओभरको अन्तिम बलमा विकेट लिएका थिए। उनले दीपक हुडालाई १० रनमा राबडाबाट क्याच गराए। सन्दीपले ४ ओभरमा ३२ रन खर्चिए।
त्यसअघि खराब ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयर एयरले ४३ रन र अक्षर पटेलले १३ बलमा नटआउट २३ रन जोडेका थिए। बलिङमा हैदरावादका कप्तान भुवनेश्वर कुमार, मोहमद नाबी र शार्दुल कउलले २-२ विकेट लिए।
जितसँगै हैदरावाद अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हैदरावादले ४ खेलबाट ३ जित निकालेको छ। ५ खेलमा २ जित हात पारेको दिल्ली पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।