काठमाडाैं- सरकारले आफ्ना माग पुरा गर्न चासाे नदेखाएकाे भन्दै ग्यास व्यवसायीहरुले फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबारदेखि ग्यास आयात र ढुवानी रोक्ने चेतावनीसहितको विरोधका कार्यक्रम घोषणा गरेको हो।
यसअघि नेपाल आयल निगमले व्यवसायीले राखेका मागका सम्बन्धमा अध्ययन गर्न निगमका निर्देशक नागेन्द्र साहको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको थियाे। तर, समितिले समयावधिभित्र प्रतिवेदन पेस गर्न सकेन।
निगमले अध्ययन प्रतिवेदन तयार नगरी आफ्ना मागप्रति गम्भीर नभएको भन्दै संघले विरोध कार्यक्रमलाई निरन्तरता दिने विज्ञप्तिमार्फत जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।